प्रदेश नम्बर २ मा हुने  स्थानीय चुनावका उमेद्वारमाथी आज दाबी विरोध गर्न सकिने ।

0
446

२२ भदौ , काठमान्डौँ । असोज २ गते हुने प्रदेश नम्बर २ का स्थानीय चुनावका लागि हिजो उम्मेदवारी दर्ता गरेकामाथि आज दाबी विरोध गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । दिउँसो १ बजेपछि उजुरीमाथि छानबिन गरी भोली दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
त्यसपछि भोली बेलुका ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र शनिबार अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । शनिबार नै उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिने आयोगले जनाएको छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ वटा स्थानीय तहका लागि हिजो अबेरसम्म १८ हजार २ सय भन्दा बढीले उम्मेदवारी दर्ता गराएको जानकारी प्राप्त भएपनि यो संख्या अझै बढ्ने प्रवक्ता ढकालले जानकारी दिए ।