सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्याल आतंक, अहिलेसम्म २० जना घाइते ।

0
512

सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् । नगरपालिका वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते बताईएको छ ।गत विहीबार देखी शुरुभएको स्यालको आतंकबाट आजसम्म २० जना घाईतको उपचार गरीएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । घाइतेहरुको स्थानीय स्वाथ्य संस्थाहरुमा उपचार भइरहेको जनाइृएको छ भने थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा नगर स्वास्थ्य कार्यालय प्रमुख, नगरप्रमुख, जनप्रतिनिधिहरुसहितको आकस्मिक वैठक वसिरहेको छ । वैठकमा घाइतेहरुको उपचारका विषयमा छलफल भइरहेको जनाईएको छ ।