आर्थिक वर्ष २०७३र०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएकोजिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जनकारी दिए ।
आव ०७२र०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जनाईएको छ । गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु गाउँ समाजमा खुल्न थालेको बताईएको छ ।
भित्रभित्रै समाजको डर र लाजका कारण समस्या लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जान थालेको ज्ञवालीको भनाइ छ ।