सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गर्यो : नेता त्रिपाठी ।

0
608

२२ भदौ , नवलपरासी । राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका नेता हृदेश त्रिपाठीले सिंहदरबारले गाँउघरको अधिकारलाई कब्जा गरेको टिप्पणी गरेका छन् । लामो समय पछि भएको स्थानीय तहको चुनावले घरघरमा सिंहदरबारको अनुभुति दिने भन्दै अन्य दलहरुले चर्चा चलाईरहेकै बेला नेता त्रिपाठीको फरक धारणा आएको हो । गृह जिल्ला नवलपरासीको बेलाटारीमा राजपा क्षेत्र नं।६ ले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता त्रिपाठीले हरेक स्थानीय तहमा खटिने कर्मचारी नियुक्ति, सरुवा तथा बढुवाका लागि सिंहदरबारकै हात रहेको बताए ।

आलोचित हुने अधिकारहरु मात्रै निर्वाचित प्रतिनिधिलाई दिईएको भन्दै नेता त्रिपाठीले ‘गाउँघरको अधिकार सिंहदरबार’ भन्ने नाराले सर्वसाधरणमा भ्रम मात्र छरेको आरोप लगाए । कार्यक्रममा उनले ६ दल एकिकरण भई राजपा नेपाल बनेपनि एकिकृत हुन नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरे ।

यस्तै कार्यक्रममा प्रतापपुर गाउँपालिका–४ का वडाध्यक्ष जन्त्रीप्रसाद बरई चौरसीया सहित अन्य पार्टीका केही कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । वडाध्यक्ष बरई प्रतापपुर–४ मा नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवारी दिई बिजयी बनेका थीए ।