एक केजी सुन सहित ताईवानी नागरिक पक्राउ ।

0
478

२२ भदौ, काठमान्डौँ । बुधबार हङ्कङ्गबाट काठमान्डौका लागी उडेको ड्रागन एयरको उडान नम्वर १०४ नम्वर उडानबाट काठमान्डौँ आएका ताईवानी नागरिक छिया छुन्हाङ्गको साथबाट १ केजी सुन बरामद भएको जनाईएको छ ।चेकजाँच गर्ने क्रममा ९ वटा सुनका टुक्रा बरामद गरेको प्रहरलिे जनाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्थित भन्सारबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको जनाईएको छ ।