नेपाली युवा क्रिकेट टोली मलेसिया प्रस्थान ।

0
324

भदौ २३ , काठमान्डौँ । आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू -इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली आज मलेसिया प्रस्थान गरेको छ । प्रतियोगिताको लागि दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको १४ खेलाडीसहितको नेपाली टोली आज विहान मलेसिया गएको हो ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू -१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । आईतबारदेखि सुुरु हुने प्रतियोगितामा नेपालले आउँदो सोमबार थाइल्याण्डसँग, बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल्नेछ । समूह ’बि’मा आयोजक मलेसियासँगै हङकङ, चीन र म्यानमार रहेका छन् ।