उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी ।

0
483

२३ भदौ । युरोपियन युनियनले उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दीको तयारी गरिरहेको जानकारी युनियनका कूटनीतिक प्रमुखले दिएका छन् । युरोको आकस्मिक बैठकमा उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणको विरुद्धमा युरोपियन युनियनले हाल कायम राखेको आर्थिक लगायतको नाकाबन्दीलाई थप कडा बनाउने बारेमा छलफल भएको बताइृएको छ ।युरोपियन युनियन कूटनीतिक विभग प्रमुख फेडरिका मोगारिनीले भने उत्तर कोरियाका बिरुद्धमा थप नाकाबन्दी लगाउने बारेमा मैले मन्त्रिपरिषदका सदस्यहरुलाई भनेको छु, अब यसले छिट्टै नै पूर्णता पाउने छ ।
उत्तर कोरियामाथि विभिन्न देश र संघसंस्थाले थप नाकाबन्दी तथा कारबाहीको घोषणागर्ने जनाएका छन् । आणविक परीक्षणको विरोधगर्दै आएको युरोपियन युनियनले पनि उसका विरुद्ध नाकाबन्दीको तयारी गरेको हो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको यस कदमको विरोध गरेको छ । उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउनुका साथै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको भन्दै कडा कारबाहीको पनि प्रस्ताव गरेको जनाइएको छ