केपी ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएकाले मधेसका जनता एमालेप्रति रुष्ट: प्रचण्ड ।

0
511

२४ भदौ, कलैया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् । आज बलैयामा आयोजना भएको साक्षात्कारमा पुर्वप्रधानमन्त्री समेत रहेका दाहालले  एमाले अध्यक्ष केपी ओलीले मधेस विरोधी अभिव्यक्ति दिँदै आएकाले ओलीकै कारण मधेसका जनता एमालेप्रति रुष्ट रहेको बताए ।

प्रचण्डले संसदको निर्वाचनअघि सरकार परिवर्तन असम्भव रहेको बताए । कांग्रेसको आन्तरिक द्वन्द्वले दुई दलबीच तालमेल प्रभावित भएको उनको स्विकारोक्ति छ ।