साउदी अरेबियाका युवराजलाई वार्ताकालागी कतारी राजाको आह्वान ।

0
311

२४ भदौ , एसपिए । कतारका राजाले समस्या समाधानका लागि साउदी अरेबियाका युवराजलाई वार्ताका लागि आह्वान गरेको छ । चार अरब राष्ट्रले कतारमाथि प्रतिबन्ध लागएर उसँगको सम्बन्ध तोडेपछि उत्पन्न परिस्थितिको समाधानका लागि कतारले साउदी अरेबियाका युवराजलाई वार्तामा बोलाएको दुवै देशका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

४ अरब राष्ट्रले कतारमाथि प्रतिबन्ध लगाएर सम्बन्ध तोडेपछि उत्पन्न पछिल्लो परिस्थितिको समाधानका लागि कतारका राजा शेख तमिम विन हमाद अल–थानीले साउदी अरेबियाका युवराजलाई टेलिफोन संवाद गर्दै वार्ताको माध्यमबाट समाधान निकाल्न आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतारका राजाले आफू साउदी तथा अरु तीन राष्ट्रसाग समस्या समाधानका बारेमा छलफल गर्न तयार रहेको बताएको जनाईएको छ ।