दसैँका लागि भोली देखि गाडीको अग्रिम टिकट बुकिङ खुल्दै ।

0
219

२४ भदौ , काठमाडौं । दसैँका लागि भोली देखि गाडीको अग्रिम टिकट बुकिङ खुल्दै छ । सरकार तथा यातायात व्यवसायीबिच आज भएको छलफलपछि २७ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो । यातायात मन्त्री वीरबहादुर बलायर नेतृत्वको सरकारी टोलीसँग भएको वार्तामा बसको छतमा यात्रुका सामान राख्न पाउने तर व्यावसायिक प्रयोजनसहित यात्रु बोक्न नपाउने गरी सहमति भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
यसअघि यातायात व्यवसायीले भाडा बढाउनुपर्ने र गाडीमा छत राख्न पाउनुपर्ने माग गर्दै टिकट बुकिङ गर्न आनाकानी गर्दै आएका थिए ।