मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति जन्मेकै छैन : नेपाल ।

0
222

२५ भदौ, बर्दिवास । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् ।महोत्तरीको बर्दिवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले भने, ‘कुनै शक्तिले वा तागतले पनि मधेशमा एमालेलाई निषेध गर्न सक्दैन र जन्मिएको छैन ।

’आफू नै मधेसको असली धर्तीपुत्र भएको बताउँदै उनले नेपालले प्रदेश २ को चुनावमा पनि एमाले पहिलो हुने दाबी गरे । नेता नेपालले केही मधेशी नेताहरुले विदेशीको प्रभावमा परेर संविधान संशोधन प्रस्ताव ल्याएको समेत आरोप लगाए ।