इरमा नामक आँधीका कारण फ्लोरिडाको जनजीवन प्रभावित, ३ जनाको मुत्यु ।

0
387

२६ भदौ , बीबीसी । अमेरिकाको तटवर्ती शहर फ्लोरिडामा इरमा नामक आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीका कारण ३ जनाको मृत्यु भइसकेको छ भने भारी वर्षाका कारण लाखौं घर डुवानमा परेको बीबीसीले जनाएको छ । आँधीका कारण २५ लाख घरको विजुली काटिएको छ भने मियामी शहरका लाखौं घर पानीमा डुबेका छन् । ६३ लाख जनतालाई सुरक्षित स्थानमा सर्न स्थानीय सरकारले आग्रह समेत गरिसकेको छ ।

 

 

 

 

 

 

 

 

 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आँधीलाई दैत्यको नाम दिदैं आफ्ना जनतालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । पछिल्लो १० बर्ष यताकै सबै भन्दा भयंकर आँधी रहेकाले आपतको समयमा सबैलाई मिलेर सामना गर्नुपर्ने बताए । शनिबार राष्ट्रपति ट्रम्पले विपद् व्यवस्थापन तथा राहतका लागि १५ अर्ब २५ करोड अमेरिकी डलरको थप बजेटको व्यवस्था गर्नेगरी तयार भएको कानूनमा हस्ताक्षर गरेका थीए ।