२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

रक्षा बमको नेतृत्वमा ‘नेपाल जेनजी फ्रन्ट’, को-को छन् ?

काठमाडौं । नेपालको युवा पुस्ता (जेनजी) ले राजनीतिमा आफ्नो सशक्त उपस्थिति जनाउन ‘नेपाल जेनजी फ्रन्ट’ को औपचारिक घोषणा गरेको छ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा २१ पृष्ठ लामो दस्तावेजसहित यो मोर्चा सार्वजनिक गरिएको हो ।

 

जेनजी आन्दोलनलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यका साथ यो फ्रन्ट गठन गरिएको संयोजक बमले बताएकी छिन् । रक्षा बमको नेतृत्वमा गठन भएको यस फ्रन्टमा युवा अनुहारहरू युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता लगायतका सदस्यहरू रहेका छन् । यो समूहले जेनजी विद्रोहका एजेन्डाहरूलाई एकीकृत गर्दै विभिन्न जेनजी समूहहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।

जारी विज्ञप्तिमा संयोजक बमले जेनजी विद्रोहलाई संस्थागत गर्ने र सोही विद्रोहसँगै उदय भएका विभिन्न जेनजी समूहहरूलाई एकीकृत गर्ने मूल उद्देश्य रहेको प्रस्ट पारेकी छिन् । यो प्रारम्भिक समूहले समान राजनीतिक विचार राख्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्ने लक्ष्य लिएको छ । काठमाडौं लगायत देशभरका जेनजी विद्रोहमा सक्रिय युवाहरूलाई यस समूहमा जोडिनका लागि आह्वान समेत गरिएको छ ।

 

संगठन समितिका संयोजक युजन राजभण्डारीका अनुसार, अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्नेछ । यसको अर्थ चाँडै नै प्रदेश र जिल्ला स्तरमा पनि समितिहरू घोषणा गरिनेछन्, जसले देशव्यापी रुपमा जेनजीको आवाजलाई बुलन्द गर्नेछ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।