नेपाल विद्युत् प्राधिकरण, उत्पादन, सञ्चालन तथा सम्भार विभागको पूर्व महाप्रबन्धक श्रेष्ठ अख्तियारको फन्दामा ।

0
1178

२६ भदौ ,काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, उत्पादन, सञ्चालन तथा सम्भार विभागको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ छ । विद्युत प्राधिकरणको उत्पादन, सञ्चालन तथा सम्भार विभागको महाप्रबन्धक र कायममुकायम कार्यकारी निर्देशक पदमा रहँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
उनको वैध आयको तुलनामा २ करोड ८८ लाख ८२ हजार रुपैयाँबराबरको सम्पत्ति अधिक देखिएको अख्तियारले जनाएको छ । महाप्रबन्धकका रुपमा प्राधिकरणबाट अवकास पाएका श्रेष्ठ र उनका परिवारका सदस्यसँग भएको चल अचल सम्पत्ति र उनीहरुले गरेको लगानीको श्रोत नखुलेको अख्तियारले जनाएको छ ।