एजेन्सी । लण्डनको ‘नेचुरिष्ट क्लिनर्स’ नामक कम्पनीले नग्न भएर घर सफा गर्ने महिला कर्मचारीको खोजी गरेको छ । नीजि घर सफा गर्नका लागि ती महिला कामदारले चप्पल र सफा गर्ने पञ्जावाहेक अरु केही लगाउन नपाउने विज्ञापनमा उल्लेख छ । यसो गरेबापत ती कामदारले घण्टाको ५७ डलर (रु. ६ हजारभन्दा बढी) पाउने छन् । महिला जुनसुकै उमेर समूहको भएपनि हुने तथा शरिरको अाकारमा समेत कुनै मापदण्ड नभएकोसमेत विज्ञापनमा भनिएको छ । ‘हामी महिला नेचुरिष्ट क्लिनर्सको खोजीमा छौं, जसले नग्न भएर नीजि घर सफा गर्न सक्छन्,’ उक्त जागिर खुलाउने कम्पनीले भनेको छ । कामदारले भ्याक्युम लगाउने, बोटबिरुवामा पानी हाल्ने, बेड मिलाउने, वासिङ मेसिन चलाउने, लुगामा आइरन लगाउने र झ्याल–ढोका सफा गर्नुपर्ने लगायतका काम गर्नुपर्ने छ । घर मालिकका लागि पनि नियमहरू तोकिएको छ । घरवालाले महिला कामदारलार्इ टाढैबाट हेर्न सक्ने तर उनलाई छुन नपाइने तथा सफा गरिरहेका बेला फोटो खिच्न नपाइने सर्त मान्नुपर्ने हुन्छ । नेचुरिष्ट क्लिनर्स करिब दुई वर्ष पहिले बेलायतमा स्थापना भएको हो । उक्त कम्पनीले बेलायतको अन्य भू-भागमा पनि आफ्नो सेवा विस्तार गर्ने सोच बनाएको कम्पनीले बताएको छ ।
स्वान्सी र साउथ वेल्समा उक्त विज्ञापनले निकै राम्रो प्रतिक्रिया पाएको कम्पनीका प्रवक्ताले जानकारी दिएका छन् । प्रवक्ताले भने, ‘धेरैजसो मानिसहरु यसमा दिइने तलबका कारण आकर्षित भएका छन् । उनीहरुले कति समय काम गर्नुपर्छ भन्ने तोकिएको छैन । यो कामको चाप र कर्मचारीको समयमा निर्भर हुन्छ ।’
एक नग्नवादी ग्राहकले कम्पनीसँग सोधेको छ, ‘महिला कामदारले काम गरिरहेका बेला आफू नग्न हुन पाउने कि नपाउने ?’ यसबारे कम्पनीले नसोचेको तर अब कम्पनीले धारणा बनाउने संस्थापक लाउरा स्मिथले बताइन् ।
स्मिथका अनुसार नग्न महिला कामदारको पनि खाँचो रहेछ है भन्ने दिमागमा आएपछि आफूले यसको व्यवसाय सुरु गरेकी हुन् । सुरू गर्नु अघि बजार र ग्राहकको मनोविज्ञानमाथि राम्ररी अनुसन्धान गरिएको उनको दावी छ । ‘हामीले यो व्यवसाय दुई वर्ष अघि बेलायतमा सुरु गर्यौं जुन निकै चर्चित भयो, त्यसकारण हामी थप विस्तार गर्दैछाैं ।’
उनले टेलिग्राफलाई भनिन्, ‘हाम्रो धेरैजसो ग्राहक नग्नवादी हुनुहुन्छ, त्यसकारण मैले महिला कामदार पूर्ण नग्न हुनैपर्ने भन्ने विषयमा जोड दिनैपर्छ ।’