ऐन पारित भए धेरै समस्या हल हुन्छ : सहकारी राज्यमन्त्री खड्का।

0
447

२९ भदौ , गैंडाकोट । सहकारी राज्यमन्त्री चम्पादेवी खड्काले सहकारी ऐन पारित गर्ने आफ्नो पहिलो प्राथमिकता रहको वताएकि छन् । आज विहान सहकारी समन्वय मन्च गैंडाकोट र विकू वचत तथा ऋण सहकार्री संस्थाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री खड्काले ऐनमा भएका कमिकमजोरी संसोधन गरेर पनि सुधार्न सकिने भन्दै पहिले ऐन पारित गर्नेवारेमा आफुले पहल गरिरहेको बताईन उनले विकू बचत तथा ऋण सहकारी संस्थाले आर्थिक तथा समाजिक विकासका लागि गरेको कामको प्रसंशा गरीन् ।

राज्यमन्त्री खड्कालाई गैँडाकोटका सहकारीहरुले लिखित सुझाब दिएका छन् । समन्वय मन्चका संयोजक वेदप्रसाद गौडेलले सबै सहकारीलाई एउटै वास्केटमा नराख्न आग्रह गर्दै मन्चको तर्फवाट लिखित सुझाब दिए ।

कार्यक्रममा बोल्दै पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले सहकारी गरिब परिवारका महिलाका लागि वरदान सावित भएको वताए । सहकारी वोर्डका सञ्चालक तथा विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले विदेशवाट जहाजमा आएको पैसा ट्रकमा फेरि विदेश गैरहेको भन्दै सहकारीले नै यसलाई रोख्न सक्ने वताए । सहकारीले राज्यसँग मात्र राम्रो निति चाहेको सापकोटाको भनाई छ ।

सहकारी संघ नवलपरासीका सचिब तिलकप्रसाद पराजुलीले सहकारी आन्दोलनको अग्रणी जिल्ला नवलपरासी रहेको वताउनुभयो । गैँडाकोटमा क्रियाशिल विभिन्न ३९ सहकारीका प्रतिनिधी सहभागी कार्यक्रममा स्वागत मन्तब्य राख्दै विकू वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष त्रैलाक्यनाथ खरेलले विकूले सदस्यको आर्थिक तथा सामजिक विकासका लागि गरिरहेका कामको जानकारी गराए ।