‘जोनी जेन्टलम्यान’आज देखि प्रदर्शनमा,चलचित्र आज सम्मकै उत्कृष्ठ भएको दर्शकहरुको प्रतिक्रिया ।

0
7922

भदौ ३० काठमाडौँ । देशभरका हलहरुमा आजबाट चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’मा पल शाह र आँचल शर्मा मुख्य भूमिकामा रहेका छन् । गीत,संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् ।

सिनेमा देशभरका ६० भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको हो । पल र आँचलको क्रेजले सुरुवाती दिनमा दर्शक हलसम्म आउँने निर्माण पक्षले आशा गरेको छ । त्यसपछीका दिनमा भने दर्शकको प्रतिक्रियाका आधारमा सिनेमाको व्यापार भर पर्नेछ ।
पलका ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा हिट छन् । त्यस्तै ‘नाइँ नभन्नु ल ४’बाटै नेपाली सिनेमामा डेब्यु गरेकी आँचलका लागि ‘जोनी जेन्टलम्यान’ दोस्रो सिनेमा हो ।

सिनेमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय रहेको छ । रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा र संवाद छ ।