चुनावका उम्मेदवारहरु राम्रा भन्दा पनि हाम्रा मान्छे : कांग्रेस नेता केसी ।

0
385

३० भदौ, विराटनगर । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा समानता नहुँदा अपेक्षित सफलता आउनेमा शंका व्यक्त गरेका छन् । आज प्रेस युनियन बिराटनगरले गरेको पत्रकार सम्मेलनमा नेता केसीले दुई नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई टिकट वितरण एकपक्षीय रुपमा भएको आरोप लगाए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको स्थानीय तहको उम्मेदवार छनौटप्रति अुसन्तुष्टि जनाउँदै नेता केसीले ‘कांग्रेस र कांग्रेस प्रजातान्त्रिक पार्टी एक भएपनि स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा विभेद गरिएको देखिएको बताए । चुनावका उम्मेदवारहरु राम्रा र सक्षम भन्दा पनि हाम्रा मान्छेलाई उठाइएको प्रतिकृया दिएका छन् । उनले चुनावको मुखमा पार्टीका शीर्ष नेताहरु नै निर्वाचन प्रणाली परिवर्तनको कुरा झिकेर संविधान कार्यान्वयमा संकट निम्त्याउन खोजेको आरोप समेत लगाएका छन् ।