कन्चनपुर तनावग्रस्त ।

0
1441

३० भदौ काठमान्डौँ । १३ वषिर्य बालक तिलक चन्दको हत्या भएको घटनाले कन्चनपुर आज तनावग्रस्त भएको छ । भिमदत्त नगरपालिका ७ हल्दुखालका चन्दको हत्या गर्ने आशिष अधिकारिको गोठमा आगजनी भएपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । हत्या गरिएका बालकका आफन्तको आक्रोशित भिडले अधिकारीको गोठसँगै घरमा समेत आगजनी गर्ने प्रयास गरेका थिए । आगजनीबाट गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कन्चनपरले जानकारी दिएको छ । प्रहरीमाथी नै ढुङगामुढा प्रहार भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले ७ सेल अँश्रुग्यास प्रहार गरेको छ ।

हत्या गरिएका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । हत्यामा संलग्न भएका उनका साथिहरू आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालार्इ प्रहरीले पक्राउ गरिसकेको छ । चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए । विद्यालयबाटै बेपत्ता भएका विद्यार्थीको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि बुधबार राति ८ बजे प्रहरीलाई खबर गरेका थिए ।