प्रचण्ड कांग्रेससँग पार्टि एकता गर्नुहोस्, हामी एक्लै सामना गर्छौँ : नेता बैद्य ।

0
713

३१ भदौ , रुपन्देही । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले नेपाली कांग्रेससँग पार्टि एकता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इृ सुझाव दिएका छन् ।  क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बामपन्थीसँगभन्दा कांग्रेससँग एजेण्डा मिल्न थालेकाले कांग्रेससँगकै एकता प्रचण्डका लागि लाभदायक हुने बताएका हुन् ।
प्रचण्ड कम्युनिष्ट हुन नसके पनि कम्युनिष्ट भएको नाटक गर्न सिपालु रहेको बैद्यको आरोप थियो । कांग्रेस, एमाले र माओवादी केन्द्रको तीन दलिए सिण्डिकेटका कारण मुलुकमा लोकतान्त्रिक पद्धतिको उपहास भइरहेको भन्दै अध्यक्ष बैद्यले स्थानीय चुनाव जस्तै प्रदेश र प्रतिनिधिसभाको चुनाव आफ्नो पार्टीले एक्लै सामना गर्ने बताए ।
नीति र सिद्धान्त मिल्न सक्ने बाम शक्तिबिच एकताको पहल भइरहेको र त्यो सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए । ‘बामपन्थीहरु बिग्रिएकै कारण मुलुक गतिहिन भइरहेको छ । बामशक्तिहरु मिल्नुको बिकल्प छैन’ उनले भने । असोजमा हुने पार्टीको महाधिबेसनले परिबर्तनको नयाँ कार्यदिशा चयन गर्ने अध्यक्ष बैद्यको भनाई छ ।