पुसको दोस्रो साता एमालेको नेतृत्वमा नयाँ सरकार, नेता गौतम ।

0
946

काठमाडौ ३१ भदौ ।नेकपा एमालेका उपाध्यक्ष बामदेब गौतमले पुसको दोस्रो साता सम्म एमालेको नेतृत्वमा सरकार गठन हुने घोषणा गरेका छ्न् । एमाले ५ नम्वर प्रदेश सगठन कमिटिले राजधानिमा आयोजना गरेको प्रशिषण तथा शुभकामना आदानप्रदान कार्यक्रममा गौतमले एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने घोषणा गरेका हुन् । उनले एमालेको पक्षमा देखिएको जनलहर र छाललाई कसैले रोक्न नसक्ने ठोकुवा समेत गरेका छन् । गौतमले एमाले कसैको बहकाउमा नलागी जनहितमा काम गर्ने पार्टी भएको एमालेलाई मातदान गर्न दुई नम्बर प्रदेशका जनता आतुर रहेको भन्दै चुनौतीका बाबुजुत पनि २ नम्वर प्रदेशमा एमाले पहिलो पार्टी बन्ने बन्ने जिकिर गरे ।
एमाले उपमहासचिब बिष्णु पौडेलले २ नम्वर प्रदेशमा एमालेको अग्रतालाई रोक्ने षड्यन्त्र भइरहे पनि सफल नहुने बाताए ।