नगराइनमा एमाले र कांग्रेस कार्यकर्तावीच झडप ।

0
423

१ असोज, धनुषा । धनुषाको नगराइन नगरपालिकामा एमाले र कांग्रेस कार्यकर्तावीच झडप भएको छ । दूवै दलले एकअर्काले आक्रमण गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले नगरका मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा सांघातिक आक्रमण भएको जनाएको छ । नगरपालिकाको अकौरास्थित यादवको घरमा गए राति करिब १२ बजे आक्रमण भएको हो । मेयर पदका उम्मेदवार यादवले आफूहरु सुतिरहेको अवस्थामा १०० बढीको समूहमा आएका एमाले कार्यकर्ताहरुले घरमा आक्रमण गरेको आरोप लगाएका छन् । सशस्त्र प्रहरीले गस्ती गरिरहेकै अवस्थामा एमाले कार्यकर्ताहरुले आफ्नो घरमा आक्रमण गरेको यादवले बताए । मदिरा सेवन गरेर पुगेका उनीहरुले घरको मूलढोका तोडफोड समेत गरेर ढुंगामुढा गरेको यादवको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा पराजय हुने डरले एमाले कार्यकर्ताहरुले रातीको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बताउँदै आक्रमणकारीहरुले घर परिसर भित्र रहेको मोटरसाइकल र कुर्सीहरु समेत तोडफोड गरेको उम्मेदवार यादवले बताए । अनुसार अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । घरमा आक्रमण गर्न पुगेका उनीहरुले ढंगामुढा गरेपछि ढुंगा उछिटिएर उनीहरुका केही व्यक्ति समेत घाइते भएको उम्मेदवार यादवले बताएका छन् । एमाले कार्यकर्ताहरुले काँग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेको आरोप कांग्रेसको छ । घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेको उम्मेदवार यादवले बताए ।

एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारी देवी यादव, राजन यादव, लगायतका व्यक्तिहरु घाइते भएका छन् । यता अकौडा घटनाप्रति नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रहरीको सामुन्ने उम्मेदवारको घरमा आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक बनेको गुनासो गरेका छन् । उनले निर्वाचनको पूर्व संध्यामा उम्मेदवारलाई लक्षित गरी आक्रमण हुनु सुरक्षा व्यवस्थाको तैयारीमाथि गंभीर प्रश्न उठेको बताएका छन् ।

शान्तिपूर्ण तथा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन तथा मतदाताहरुको सुरक्षालाई ध्यान राख्दै आवश्यक सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग समेत गरेका छन् । नेपाली काँग्रेसको मेयर पदका उम्मेदवार आक्रमण हुँदा समेत हालसम्म प्रहरी प्रशासनको उपस्थिति नहुनु निन्दनीय रहेको निधिले बताएका छन् । चुनावको एक दिन अघिएमाले कार्यकर्ताहरु बिचलित भई आक्रमण गरेको निधिको भनाइ छ । घटनाका सम्बन्धमा एमालेले भने नेपाली कांग्रेसका तर्फबाट राज्य आतंक मच्चाएको आरोप छ ।