१ सय १६ वर्षीया सर्वसिया देवीले गरीन महोत्तरीमा मतदान , मतदानस्थलको सुरक्षा व्यवस्था कडा ।

0
403

२ असोज , महोत्तरी । महोत्तरीमा ११६ वर्षकी बृद्धाले मतदान गरेकी छन् । गौशाला नगरपालिकाको नेपाल राष्ट्रिय निमावि मतदान केन्द्रबाट ११६ वर्षीया सर्वसिया देवी यादवले मतदान गरेकी हुन् । महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले उहाँको परिचयपत्र हरेर उहाँ ११६ वर्षीया भएको पुष्टि गरेका हुन् । स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बिहान सोनमा गाँउपालिका–८ सिंहासनी मावि मतदान केन्द्रमा दुईतर्फी झडप भएपछि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
मतदान केन्द्र बाहिर स्थानीय सरोज यादव र स्वतन्त्र उम्मेदवार राजवीर यादवबिचको सामान्य भनाभनले हातहालसम्मको स्थिति आएपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो । अहिले मतदानस्थलको सुरक्षा व्यवस्था अत्यन्त कडा रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।