२ नम्बर प्रदेशको पछिल्लो मत परिणाम आउनेक्रम सुरु, कुन दलले कति मत पाए ?

0
768

असोज ३ काठमाण्डौं । प्रदेश नम्बर २ मा सोमवार स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतदान सकिए लगत्तै ८० स्थानमा मध्यरातबाटै मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ। मतगणना भैरहेको स्थानहरुमा नेपाली काँग्रेस ८ स्थानमा अगाडी रहेको छ भने एमाले ५ स्थानमा अगाडी रहँदा माओबादी केन्द्र ४ स्थानमा अगाडी रहँदा राजपाले पनि ४ स्थानमा नै अग्रता कायम राखेको छ ।
बाँकी स्थानमा मतगणना शुरु गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।
मतरिणाम आउन ढिलाइ हुन सक्ने चिन्ताबीच चुनावको मतपरिणाम पाँच दिनभित्र आइसक्ने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
पहिलो र दोस्रो चरणको निर्वाचनको मतगणनामा निकै ढिलाइ गरिएको भन्दै आलोचना खेपेको आयोगले अहिले छरितो मतगणनाका लागि केन्द्रबाट समेत विशेषज्ञ टोली खटाएको प्रमुख निर्वाचन आयुक्तले बताएका छन्।

तेस्रो चरणको मतपरिणाम पाँच दिनभित्र आइसक्ने गरी व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रदेश नम्बर २ का ३५ सयभन्दा बढी मतदान केन्द्रबाट सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र अधिकृतको कार्यालयमा पुर्‍याइनासाथ मतगणना प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।