रौतहटमा कांग्रेस, माओवादीको तीन तहमा अग्रता एमाले, राजपाको दुई तहमा अगाडी ।

0
659

३ असोज , रौतहट । रौतहटमा १० वटा स्थानीय तहमा अहिले मतगणना चलिरहेको छ । ईशनाथ नगरपालिका, परोहा नगरपालिका र बौधीमाइ नगरपालिकमा नेपाली कांग्रेसले अग्रता लिएको छ । रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिकामा नेकपा एमालेको अग्रता रहेको छ ।

त्यस्तै, चन्द्रपुर नगरपालिका, यमुनामाई गाउँपालिका र फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । गजुरा नगरपालिका र गढीमाई नगरपालिकामा राजपा नेपाल अगाडि आएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ