नियमित यौन सम्भोगबाट पथ्थरीको उपचार । तर कसरी ?

0
641

३ असोज एजेन्सी । नेपाली समाजमा अझैँपनि यौनसम्बन्धी कुरा गर्न लजाउने गरीन्छ । हाम्रै समाज भित्र पथ्थरीका बिरामी पनि भने धेरै छन् । यौन क्रियाकलाप खुल्ला र जानकारी गराएर त गरिंदैन, तर एउटा तथ्थ भने भर्खरमात्र खुलेको छ र सो तथ्य जानकारीमा आएको छ । यो तथ्य हो, नियमित यौन सम्भोगबाट पथ्थरीको उपचार हुनेछ । टर्कीको क्लिनिक अफ अंकारा ट्रेनिङ एण्ड रिसर्च इन्स्टिच्युटले गरेको एक अध्ययनले हप्तामा तीनदेखि चार दिन लगातार सम्भोग गर्दा मृगौलामा भएको ५ देखि ६ मिलिमिटरसम्मको पथ्थरीबाट छुटकारा मिल्नेछ । नियमित सम्भोगबाट पथ्थरीसम्बन्धी रोग नलाग्नेसमेत पत्ता लागेको चिकित्सकहरुले बताएका छन् ।

इन्स्टिच्युटको यूरोलोजी विभागमा परिक्षणमा रहेका ७५ जनामध्ये ९ जना व्यक्तिमा मृगौलामा पथ्थरीको समस्या थियो । उनीहरुलाई तीन अलगअलग टिममा बाँडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो । दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन ‘एउटा औषधी जो मूत्र विसर्जन अर्थात् पिशाब बढाउनका लागि दिइन्छ’ प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चिकित्सा उपचारमा राखिएको थियो ।

दुई हप्तापछि पत्ता लाग्यो कि, सम्भोगमा रहेका टिमका ३१ जनामध्ये २६ जना व्यक्तिको पथ्थरी गाएब भइसकेको थियो । त्यसैगरी औषधी प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकी, खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाएका थिए । यो अध्ययनले नियमति यौन सम्पर्क गर्दा मृगौलामा जम्नसक्ने वा जमिसकेको पत्थरी ठीक हुने देखाएको छ ।