प्यूठानीले गरे शुभकामना आदानप्रदान कार्यक्रम ।

0
1090

४ असोज काठमान्डौँ । नेपाली काँग्रेस प्यूठान काठमाडौं सम्पर्क समिति नजिकिदै गरेको पर्वहरु बडा दशैँ , तिहार र छटपर्वको अवसर पारेर मंगलबार काठमान्डौँमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्यूठान काठमाडौं सम्पर्क समितिका सचिव सुवास केसीको अध्यक्ष्यतामा भएको कार्यक्रममा पुर्व सांसद मुक्तिप्रसाद शर्मा प्रमुख अथीतिको रुपमा रहेका थीए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथीति शर्माले एक ढिक्का भएर पार्टिलाई अगडी बढाउनुको विकल्प नरहेको बताए । साथै उनले नेपाली कांग्रेसमा आस्था राख्ने सबैलाई शुभकामना ब्यक्त गरेका थीए । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा पुनः निर्माणा प्रधिकरणाका सिईओ डा. गोविन्द राज पोख्रेलले पनि शुभकामना ब्यक्त गरेका थीए ।

कार्यक्रममा नैवाहीनि गाउँपालीका प्रमुख शिव रिजाल , तथा महासमिति सदस्य खिमान सिह रायमाझिलगाएतले शुभकामना मन्तब्य राख्नुभएको थीयो । साथै कार्यक्रममा पुर्वसांसद् सुशिला पंडित , शसस्त्र प्रहरीका पुर्व महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ लगाएतको उपस्थीति रहेको थीयो । कार्यक्रममा नेपाली कांग्रेसमा आस्था राख्ने प्युठान घर भई हाल काठमान्डौँमा पेशा ब्यवसाय गरेर बस्ने करीव ५ सयजनाको उपस्थीति रहेको संस्थाका सदस्य प्रकाश शर्माले जानकारी दिनुभयो ।