अमेरीकालाई इरानको चेतावनी , मध्यम दुरीको मिसाईल परीक्षण ।

0
914

७ असोज एजेन्सी । इरानले मध्यम दूरीको मिसाइल परीक्षण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा इरान दुष्ट देश रहेको बताएको प्रतिक्रिया स्वरुप इरानले मध्यम दूरीको मिसाइलको सफल परीक्षण गरेको हो । दुई हजार किलोमिटर परसम्म मारहान्न सक्ने मिसाइलको परीक्षण राष्ट्रिय टेलिभिजनबाट देखाइएको थियो । तर परीक्षण कहाँबाट गरिएको हो भन्ने खुलेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार महासभालाई सम्बोधन गर्ने क्रममा इरानलाई दुष्ट शासन सत्ताको सानो समूहको रुपमा चित्रित गरेका थीए ।
परमाणु कार्यक्रमको र अमेरिका तथा इरानबिच सन् २०१५ मा भएको सम्झौताको विषयलाई लिएर ट्रम्पले यस्तो बताएका थीए । ट्रम्पले परमाणु सम्झौता अमेरिकाका लागि लाजको विषय रहेको पनि बताएका थीए । त्यसको जवाफमा महासभामा बुधबार सम्बोधन गर्नुभएका इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पलाई ‘अन्तर्राष्ट्रिय राजनीतिमा दुष्ट नवप्रवेशी’ को रुपमा परिभाषित गरेका थीए ।