स्थानीय तहको चुनावमा एमाले पहिलो दल ।

0
337

८ असोज काठमान्डौँ । स्थानीय तहको चुनावमा एमाले पहिलो दल हुने देखएिको छ । २०७० सालमा भएको संविधानसभा चुनावमा दोस्रो दल बनेको एमाले स्थानीय चुनावमा पहिलो दलको रुपमा स्थापित हुन लागेको हो ।
दुई नम्बर प्रदेशका एकसय ३६ तहमध्ये केहीको अन्तिम परिणाम आउन बाँकी रहेपनि एमाले समग्रमा पहिलो दल बन्ने देखीएको हो । २ नम्बर प्रदेशमा चाहिँ एमाले पाँचौ दल बन्ने सम्भावना छ ।
६ वटा प्रदेशमा दुईसय ७५ स्थान जितेको एमालेले केही ठाउँको परिणाम आउन बाँकी रहँदा दुई नम्बर प्रदेशमा १९ स्थान जित्ने देखीएको छ । योसँगै एमालेले ७ सय ५३ तहमध्ये दुईसय ९५ ठाउँमा जित हात पारेर पहिलो दल बन्ने भएको छ ।
यस्तै स्थानीय चुनावमा नेपाली कांग्रेस दोस्रो दल बन्ने भएको छ । ६ वटा प्रदेशमा दुईसय २६ ठाउँमा जितेको कांग्रेसले दुई नम्बर प्रदेशमा ३९ स्थानमा जित हात पार्ने सम्भावना छ ।
स्थानीय चुनावमा तेस्रो दल नेकपा माओवादी केन्द्र हुने भएको छ । दुई नम्बर प्रदेशमा उसले २० स्थान जितिसकेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । यसअघि ६ वटा प्रदेशमा ८४ स्थान जितिसकेको माओवादीले समग्रमा एक सय ६ तह सिट जित्ने निश्चित जस्तै छ । स्थानीय चुनावमा चौथो ठूलो दलका रुपमा संघीय समाजावादी फोरम उदाउँदै छ ।