१२३ स्थानको मतपरिणाम सार्वजनिक, कस्ले कती स्थान जिते ? सुचि यस्तो छ ।

0
530

८ असोज काठमान्डौँ । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । असोज २ गते निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये हालसम्म १ सय २३ स्थानीय तहको अन्तिम परिणाम आईसकेको छ । पछिल्लो मत परिणाम अनुसार कंग्रेसले ३६ स्थानको प्रमुखमा जित हात पारेको छ । उसले थप ४ स्थानमा अग्रता लिइरहेको छ । यस्तै संघिय समाजवादी फोरमले २३ स्थानीय तहमा जीत हासिल गरेको छ । उसले थप ३ स्थानमा आफ्नो अग्रता लिइरहेको छ । यस्तै माओवादी केन्द्र २० स्थानीय तहमा विजयी भएको छ । थप २ स्थानमा माओवादी केन्द्रको अग्रता छ । राजपा २२ स्थानमा विजयी भएको छ । १ स्थानीय तहमा उसको अग्रता छ । एमाले १६ स्थानमा विजयी हुँदै ३ स्थानमा अगाडि छ । यस्तै लोकतान्त्रिक फोरमले ३ स्थानमा जित हासिल गरेको छ । अन्यले ३ स्थानमा जित हासिल गरेका छन् । सिरहाका १७ र महोत्तरीका १५ वटै स्थानीय तहको मत गणना सम्पन्न भएको छ । सर्लाहीमा २० वटा स्थानीय तहमध्ये अब एउटा मात्र स्थानीय तहको मतपरिणाम आउन बाँकी छ । सप्तरीका १८ वटा स्थानीय तहमध्ये अब २ वटाको मत परिणम आउन बाँकी छ । यसैगरी धनुषाका १८ वटा स्थानीय तह मध्ये एउटामा मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । रौतहटको १८ मध्ये १६ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको छ । बाराका १६ वटा स्थानीय तहमध्ये अब ४ वटाको मत परिणाम आउन बाँकी छन् । यस्तै पर्साका १४ स्थानीय तहमध्ये वीरगंज महानगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ ।