९ असोज बीबीसी । जर्मनीमा भएको चुनावबाट एङ्गेला मर्केल चौथो कार्यकालका लागि चान्सलरको रुपमा निर्वाचित भएकी छन् । मर्केल चान्सलरको रुपमा चौथो कार्यकालका लागि निर्वाचित भएपनि संघीय चुनावमा उनको पार्टी कन्जरभेटिभ सिडियुरसिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन । संसदमा पहिलो पार्टी बने पनि मर्केलको पार्टीले बहुमत भने नल्याउने पक्का भएको छ ।
यो पछिल्लो ७० वर्षमा सिडियुरसिएसयु पार्टीको संघीय चुनावमा सबै भन्दा खराब नतिजा हो । मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्र्याटिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ । झण्डै ६ दशकको इतिहासमा नेश्नलिस्ट पार्टी जर्मनीको संसदमा प्रवेश गर्न लागेको यो पहिलो पटक हो ।