आगामी निर्वाचनमा पनि काँग्रेससंगै तालमेल हुन्छ : प्रचण्ड ।

0
504
असोज १० चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् ।
प्रेस सेन्टर चितवनले मंगलबारआयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने दावी गरे।
यद्यपि चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको दाहालको भनाई थियो । दाहालले तालमेल गर्ने बिषयमा नेपाली काँग्रेससँग छलफल चलिरहेको भन्दै छिट्टै ठोस निष्कर्षमा पुगिने बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने तर्क गरे ।
बाँदरमुढे घटनाका कारण अहिले पनि आलोचित दाहाल असोज तेस्रो साता माडी जाने कार्यक्रम रहेको छ । बाँदरमुढे घटनापछि माडीको विकासका लागि प्याकेजको घोषणा गरे पनि पीडितले प्याकेज पाउन सकेका छैनन् ।