बीबीसीले सार्वजनिक गर्यो १०० विमिन २०१७, नेपालबाट छनौट भइन् ईन्दिरा राना ।

0
394
असोज ११ काठमाण्डौं बीबीसी । बिश्वभरका १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूची तयार पारेको छ। बीबीसीले तयार पारेको लिस्टमा
नेपालकी इन्दिरा राना मगर पनि १०० विमिनको प्रारम्भिक सूचीमा समावेश छन्।
उनी प्रिजनर्स असिस्टेन्स् नेपालकी संस्थापक हुन्।
उनी भन्छिन्,हरेक बालकमा अँध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्वीतीय प्रकाश हुन्छ।
उनले ती बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी हुन्।
उनी एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा अन्तर्गत छानिएकी छन्।
आउने सातादेखि बीबीसी नेपाली सेवाले पनि पुरुषहरुको आधिपत्य तोड्दै उच्च पद सम्हाल्न सफल भएका प्रभावशाली महिलाहरुबारे रेडियो र अनलाइनमा विभिन्न सामाग्री राख्दैछ।
यो वर्षको सूचीमा परेका महिलाहरुले १०० विमिन च्यालेन्जु अन्तर्गत विश्वका महिलाले भोगिरहेका प्रमुख समस्याको सामना गर्दै हल खोज्ने प्रयत्न गरिरहेका छन्।
चारवटा टोलीमा बाँडिएका ती महिलाहरुले सृजनशील तरिकाको यी विषयहरुसँग जुध्ने उपायबारे आफ्ना अनुभव साट्ने छन् ।
यसपालि अझै पनि ४० जना महिलाको चयन हुन बाँकी नै छ।
१०० विमिन अन्तर्गतका प्रसारण जारी रहँदै गर्दा महिलाका प्रमुख चुनौतीहरुको सामना गरिरहेका थप महिलाहरुलाई यो सूचीमा समावेश गरिनेछ।
१०० विमिन अन्तर्गत अहिलेसम्म छानिएका ६० जनामा नासाकी अन्तरिक्षयात्री पेगी ह्वीट्सन्, लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ र इन्गलण्डका फुटबल खेलाडी स्टेफ हग्टन रहेका छन्।
अन्य ४० जनाको नाम अक्टोबर महिना लागेपछि थपिने छ।
कलाकार तथा कवयित्री रुपी कौर एसिड आक्रमणबाट बच्न सफल रेशम खान र टीभी स्टार जीन सिङ पनि यो सूचीमा रहेका छन्।