दशैमा इन्धन अभाव हुँदैन : आयल निगम ।

0
551
असोज, ११ काठमाडौं । नेपाल आयल निगमले दशैंको अवधिमा इन्धन अभाव नहुने प्रतिबद्धता जनाएको छ । पर्याप्त भण्डारण रहेको र आपूर्ति पनि सहज भएकाले आपूर्ति सहज हुने निगमको भनाइ छ ।
आइतबारसम्ममा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मौज्दात ३९ हजार चार सय ४६ किलोलिटर छ ।
पेट्रोल पाँच हजार दुई सय ७०, डिजेल ३० हजार नौ सय ३९, मट्टतिेल एक हजार चार सय ९५ र हवाइ इन्धन एक हजार सात सय ४२ किलोलिटर मौज्दात छ ।
हालको भण्डारण क्षमतालाई अधिकतम प्रयोग गरेर इन्धन मौज्दात गरिएको निगमको भनाइ छ । हाल निगमको भण्डारण क्षमता पेट्रोलको पाँच हजार एक सय ८४, डिजेलको ४२ हजार चार सय, मट्टितेलको १५ हजार ६ सय १९ र हवाइ इन्धनको आठ हजार चार सय ४७ किलोलिटर छ ।
अहिले मुलुकभर डिजेलको माग दैनिक करिब दुई हजार किलोलिटर छ । पेट्रोलको ६ हजार, मट्टितेलको ८८ र हवाई इन्धन आठ सय ८० किलोलिटर माग छ ।
खाना पकाउने ग्यासमा पनि कुनै समस्या नहुने निगमले प्रष्ट पारेको छ ।