थार्इ पूर्वप्रधानमन्त्री यिङ्लकलाई ५ बर्ष काराबास सजाया,आफुमाथि राजनितीक षड्यन्त्र भएको प्रतिक्रिया ।

0
429

असोज ११ काठमाण्डौं बीबीसी । थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई ‘आपराधिक लापरवाही’मा उनलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

सिनावात्राको अनुपस्थितिमै सर्वोच्च अदालतले सजाय सुनाएको हो । सुनुवाईका क्रममा अदालतमा उपस्थित हुन नसकेपछि यिङ्लकविरुद्ध पक्राउ आदेशसमेत जारी गरिएको थियो ।

चामलमा अनुदान योजनाको दुरुपयोग गरेको अभियोग उनीविरुद्ध लगाइएको छ, जसको लागत आठ अर्ब डलर थियो ।

उनलाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् ।

सिनावात्रा ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय छिन् ।

अदालतको फैसलापछि आफू राजनीतिक उत्पीडनको शिकार बनेको बताएकी छिन् ।

उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् । ग्रामीण गरीबी उन्मुलनका लागि सरकारले उनको कार्यकालमा दुई पटक बजारको भुक्तानी फिर्ता दिएको थियो ।