दशै तिहारका कारण गोर्खाल्याण्ड आन्दोलन स्थगित, सय दिनको बन्दले जनजिवन कष्टकर ।

0
371
असोज ११ काठमाण्डौं । चार महिना देखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्दको कार्यक्रम स्थगित भएको छ ।
भारतको केन्द्रीय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सदभाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ । गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ बन्द गत एक सय चार दिनदेखि चल्दा त्यहाँको जीवन कष्टकर बन्दै आइरहेको थियो ।
बन्द हड्तालबास समस्या समाधान नहुने निष्कर्षका साथ आन्दोलन स्थगित गरिएको आन्दोलनको नेतृत्व कर्ता बिमल गुरुङले बताएका छन् ।