धादिंगमा कृष्ण लिला , यात्रुसँग लिएको बढी भाडा फिर्ता ।

0
678

१९ भदौ धादिंग । दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिंगले कारबाही गरेको छ । पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि जिल्लाको विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा गर्ने यात्रुहरुको भाडा फिर्ता गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिंगका प्रमुख कृष्ण राज सापकोटाले जानकारी दिए ।

तोकिएको भन्दा बढी भाडा रकम लिएको भन्दै यात्रुबाट आएको गुनासोका आधारमा सवारीसाधनले लिएको बढी भाडा शुल्क रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएको बताईएको छ । दशेँको समयमा केही सवमरी साधनहरुले तोकीएको भन्दा डबल भाडा खुलेआम लिईरहेका छन् । यो संगैँ जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिंगले यात्रुसचेता कार्यक्रमहरु समेत गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखमा कृष्णराज सापकोटा आएलगतै स्थानियसंगको सहकार्यमा सरसफाई , राजमार्गमा सवारी चेकीङ्ग , बृद्धासम्मान , ट्राफिक सचेतना कार्यक्रम संचालन भईरहेको गजुरीका स्थानियहरुको भनाई छ । दशैको अवसरमा ट्राफिक घरदैलोकार्यक्रम गरी ट्राफिक नियम सम्बन्धि जानकारी गराईएको कार्यालयले जनाएको छ  । लामो दुरीका सवारीका लागी जिल्लाको खानिखोला र माझिमटारमा अस्थाई रिफ्रेस सेन्टर स्थापना गरीएको बताईएको छ  । रिफ्रेस सेन्टरमा चालकहरुलाई सडक र यात्रा संगैँ ट्राफिक नियमबारे जानकारी गराईने प्रमुख सापकोटाले बताए  । दुर्घटना सम्भावित क्षेत्रमा  ट्राफिक चिन्ह र पुराना कमोटरािईकलको अवसेस राखिएको छ । चालको सहजताकालागी जिल्लाका १५ स्थानमा कन्भेक्स मिरर राखिएका छन् ।

पहिले पहिले फोहर थुप्रने पाटी पौवा र मठ मन्दिर समेत सफा हुन थालेका छन् भने दुर्घटनाबाट बच्नकालागी चालक र यात्रु दुबैलाई ट्राफिक नियमबारे जानकारी गराउने गरीएको बताईएको छ ।  लागुपदार्थ दुब्र्यशनि तथा ट्राफिक नियबारे जानकारी गराईरहेको र माईकिङ्ग , पर्चा लगाएतका सामाग्रीबाट सर्बसाधरणालाई सचेत गराउने गरीएको प्रहरी निरीक्षक कृष्ण राज सापकोटाले बताए ।सापकोटाका अनुसार गजुरी बजारमा वटसवाहरुकालागी चिसो तातो पानि पिउने ब्यवस्था समेत मिलाईएको छ ।  यात्रुहरुको सहजताका लागी कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।