डीआईजी छाडेर कमरेड बने सिलवाल ।

0
468

२० असोज, काठमाडौं । पूर्वडीआईजी नवराज सिलवाल आज एक कार्यक्रमकाबिच नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा सिलवाल एमालेमा प्रवेश गरेका हुन् ।उनलाई एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर पार्टी प्रवेश गराएकाहुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै सिलवालले देशलाई समृद्ध बनाउन सक्ने र त्यस प्रकारको सोच बिचार भएको पार्टी एमाले भएकाले आफू एमालेमा प्रवेश गरेको बताए ।
उहाँले आफू देश र समाजलाई बुझ्दा बुझ्दै पनि अन्यायमा परेको बताए । आफू आइजीको दाबेदार भएको तर सरकारले आफूलाई आइजिपी नबनाएको भन्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थीए । उहाँले दायर गरेको सर्वोच्चले खारेज गरेको थियो । पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी ओलीकै गाडीमा आएका थिए ।