भारतका लागि नेपाली राजदूत उपाध्यायले राजीनामा दिए । कारणा यस्तो छ ।

0
359

२० असोज, काठमाडौं । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् । आगामी प्रतिनिधिसभा चुनावमा कांग्रेसबाट उम्मेदवार बन्ने तयारीमा रहेका उपाध्यायले हिजो परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएको बताईएको छ । कांग्रेस नेता समेत रहेका उपाध्याय गत संविधानसभा चुनावमा कपिलबस्तु १ मा चुनाव हारेका थिए ।

तर, तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले उनलाई भारतका लागि नेपाली राजदूत बनाएको हो । आफ्नो सरकार ढाल्न भूमिका खेलेको भन्दै केपी ओली नेतृत्वको सरकारले उपाध्यायलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय समेत गरेको थियो । कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड भएपछि फेरि उपाध्याय नै राजदूत नियुक्त भएका हुन् ।