अर्घाखाँचीमा बस दुर्घटना, दुईको मृत्यु, ३० घाइते,घाइतेको नामावली सहित ।

0
405

असोज २०, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं। २ सापडाँडामा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाईते भएका छन् । मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी २ सापडाँडामा दुर्घटना भएको हो । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बस सडकदेखि १०० मिटर तल खसेको जनाईएको छ ।
घाइतेहरुको अहिले उद्दार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताउनु भएको छ । घाईतेमध्य १० जनालाइृ नेपाली सेनाको हेलीकप्टरमार्फत काठमान्डौँ ल्याईएको छ भने अन्यको स्थानिय मेडीकलमा उपचार भईरहेको छ । वस दुर्घटनामा परि घाईते भएका  व्यक्तिहरुलाई नेपाली सेनाको एमआई १७ हेलीकप्टरले त्रिभुवन विमानस्थलमा ल्याई शिक्षण अस्पताल महाराजगंज लगेको छ । घाइतेहरुको नामावली यस्तो छ ।

१. भानुभक्त आचार्य वर्ष-१९

२. सोमबहादुर सार्कि वर्ष-५५

३. शान्त भुषाल वर्ष-५२

४. गंगा वस्याल वर्ष-६२

५. ईन्दिरा आचार्य वर्ष-३१

६. भद्रकला भट्टराई वर्ष-६७

७. यमकला भुषाल वर्ष-३८

८. कृष्ण कुँवर वर्ष-२०