२१ असोज , काठमान्डौ । लोकतान्त्रिक गठबन्धन बनाउने प्रयासमा जुटेका ६ दल सम्मिलित कार्यदलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बलुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकले निर्वाचन क्षेत्र बाँडफाँडको विषयमा छलफल गर्ने कार्यदलमा सम्मिलित लोकतान्त्रिक फोरमका नेता गोपाल दहितले जानकारी दिए । यसअघि हिजो दुई चरणमा बसेको कार्यदलको बैठकमा पनि सोही विषयमाथि छलफल भएको थियो । सत्ता नेतृत्वकर्ता दल कंग्रेस सहित ६ दल आवद्द कार्यदलले सिटको बाँडफाँडका आधारमा मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुट्ने तयारी तीब्र बनाएको छ । कार्यदलका सदस्य मिनेन्द्र रिजालले सिट बाँडफाँडका विषयमा एक चरणको छलफल सकेपछि शिर्ष तहमा बैठक बसेर टुंगो लगाईने जानकारी दिनुभयो ।
हिजो बसेको बैठकले कायर्दलको संयोजकमा कंंग्रेस नेता विमलेन्द्र निधिलाई तोकेको छ । कंग्रेस नेतृत्वमा गठन हुन लागेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय जनता पार्टी , संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरम आबद्ध छन् ।