२०८३ असार ३१ गते बुधबार
२०८३ असार ३१ गते बुधबार

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईँले गठन गरे समिति

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

महाअभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बुलाई वार्ता समितिको संयोजक बनाइएको छ । समितिका सदस्यहरूमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर रहेका छन् ।

महाअभियानका अध्यक्ष प्रसाईंले सोमबार विज्ञप्ति जारी गर्दै वार्ता समिति गठन भएको जानकारी गराएका हुन् ।

आइतबार सरकारले आगामी २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम पठाउन महाअभियानलाई पत्राचार गरेको थियो । त्यसैको जवाफमा वार्ता समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि प्रसाईं समूहले २७ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । ती मागमध्ये तत्काल सम्बोधन गर्न सकिने विषयमा वार्ता गर्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेको छ ।

सरकार र महाअभियानबीच यसअघि पनि विभिन्न चरणमा छलफल भइसकेको छ । आगामी वार्ताले उठेका मागको सम्बोधनमा प्रगति हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।