गोपाल किराँतीले प्रचण्डलाई सोधे पहिचान र समावेशिताको विषयमा कस्लाई सोधेर सम्झौता गरेको ?

0
431

काठमाडौँ, २३ असोज । नेकपा माओवादी केन्द्र प्रदेश नं १ का इञ्चार्ज गोपाल किरातीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले आफूले उठाउँदै आएको पहिचान र समावेशिताको विषयलाई उपेक्षा गरिए आफुने अन्तरसंघर्ष गर्ने चेतावनी दिएका छन् । बाम गठबन्धन बनाउने क्रममा भएका सम्झौताले आदिबासी जनजातीको मुद्धा सिद्धिएको भन्दै आफ्नो सहमती बिना करी यत्रो निर्णय गरेको भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकताको निर्णय भएपछि पहिचान र समावेशिता तथा समानुपातिकता विषय पार्टीले छाडेको भन्दै किराती असन्तुष्ट छन् । किराँतीले माओवाद र पहिचानका विषयमा पार्टी प्रतिबद्ध रहेकाले पार्टी छाड्ने भन्ने कुरा नै नभएको तर्क गरे ।

सचिवालयको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटलगायत विषयमा समेत छलफल भएको र कार्यदलले तयार पारेको प्रतिवेदनलाई एकसरो अध्ययन गरेर अन्तिम रुप दिइने निर्णय भएको छ ।