सांसदहरुको एउटै स्वर, गौचन हत्यामा गृहमन्त्री किन मौन ?

0
796

असोज २४ काठमाडौँ, । व्यवस्थापिका– संसद्को आजको बैठकमा सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाएका छन् । सांसदहरुले हत्यामा संलग्नलाई २४ घण्टा बितीसक्दा पनि कानूनको दायरामा ल्याउन नसकेको भन्दै र्गहमन्त्री जनार्दन शर्माको आलोचना गरेका छन् ।

उहाँहरुले हत्याको छानबिन गर्न आयोग गठन गर्न र यसका बारेमा सदनलाई जानकारी गराउन गृहमन्त्रीसँग माग गरेका छन् ।

सभामुख ओनसरी घर्तीसंग समय माग गरी नेपाली काँग्रेसका दीपक गिरीले आगामी प्रदेश÷प्रतिनिधिसभाको निर्वाचको मुखमा गौचनको हत्या हुनुले निर्वाचन नहुने आशंका बढेको धारणा राखेका थिए ।

नेकपा एमालेका जनार्दन ढकाललले गौचनको हत्याको छानबिन गर्न माग गरे ।

नेकपा माओवादी केन्द्रका रामनारायण बिंडारीले दिउँसै गौचनको हत्या हुनु शान्तिसुरक्षाको स्थिती कमजोर भएको बताए ।

नेपाल लोकतान्त्रिक फोरमका योगेन्द्र चौधरीले राजधानीमा खोजी÷खोजी र छानी÷छानी मान्छे मार्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र सांसद रुक्मिणी चौधरीले गौचनका हत्याका बारेमा सदनमा जानकारी गराउन गृहमन्त्रीसँग माग गरे ।

सांसद रोमी गौचन थकाली र परशुराम तामाङले गौचनका हत्यापछि निर्माण व्यवसायीलाई पनि अज्ञात समूहले हत्याको धम्की दिएकामा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरे पनि गृहको जवाफ आएको छैन ।