धादिङमा आज भएको सवारी दुर्घटनामा परी ४३ जना घाईते ।

0
322

२४ असोज , काठमान्डौ । धादिङमा आज भएको सवारी दुर्घटनामापरी ४३ जना घाईते भएका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा आज दिउँसो बस दुर्घटना हुदाँ ४३ जना घाईते भएका छन् । घाईते मध्ये ७ को अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौँ पठाइएको प्रहरीले जानाएको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।