ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने ।

0
218

२५ असोज, काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा दीपावलीको अवसरमा ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ ।यही असोज २७ गतेदेखि २९ गतेसम्म जावलाखेलको खेल मैदानमा सञ्चालन हुने मेलामा पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा तथा पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा अन्तरक्रिया समेत हुने बताईएकोछ । प्रतियोगितात्मक प्रदर्शनीमा गोदावरी फूल स्पाईडर, मिनियचर, इन्क्रर्भ र रिफ्लेक्सलाई प्रतिस्पर्धामा सहभागी गराउनका लागि तीन वटा छुट्टै स्टल राखिनेछ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारा रहेको मेलामा व्यावसायिक स्टल ४४ वटा, सूचनामूलक स्टल तीन वटा, प्रतिस्पर्धात्मक तीनवटा गरी जम्मा ५० स्टल रहनेछन् । नेपालमा पुष्प व्यवसाय यस आर्थिक वर्षसम्म आइपुग्दा लगभग ३९ जिल्लामा ६७८ पुष्प व्यवसाय विस्तार भइसकेको छ । सो संस्थाले गत आर्थिक वर्षमा रु एक अर्ब ७१ लाख बराबरको कारोबार गरेको थियो ।