२५ असोज , काठमाडौँ । अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण का प्रमुख कार्यकारी अधिकृत प्रा. डा.गोविन्दराज पोखरेल निकै चर्चामा छन् । उनि माथि लागेको निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपबारे जिज्ञासा राख्दा उनले आफुले निर्वाचन आचारसहिता विपरीत कुनैपनि काम नगरेको स्पष्ट पारे । निर्वाचन आचारसंहिताको बारेमा आफु पूर्ण रुपमा जानकार रहेको बताउदै उनले आफुले गरेको विकासका कामप्रति इर्ष्या गर्नेहरुले यस्तो योजना बुनेको आरोप लगाए । उनले भने – मेरो घर नै प्युठान हो, मेरा आफन्त तथा मान्यजन सबै प्युठानमै हुनुहुन्छ, बडा दशैं आफु भन्दा ठुला मान्यजनबाट टिका तथा आशिर्वाद ग्रहण गर्ने चाड भएकोले वृद्ध आमासहित हामि सपरिवार हाम्रो जन्मथलो प्युठान गएका हौं ।’
उनले जिल्ला भित्रका आफन्त र मान्यजनसंग भेटघाट र टीका ग्रहण गर्दा बाहिर सुन्नमा आए जस्तो सेतो प्लेटको सवारी प्रयोग गरेको नभइ सवारी भाडामा लिएर गएको स्पष्ट पारे । उनले थपे – ‘निर्वाचन आचारसंहिताबारे म पूर्ण रुपमा जानकार छु, जिल्लामा रहंदा पार्टीका कुनै सभा गोष्ठी तथा कार्यक्रममा म सहभागी भएको छैन ।’
सीइओ पोखरेलले निर्वाचन आयोगलाई रिपोर्टिङ गर्नेहरु एकतर्फी रुपमा लागेर आफुलाई फसाउन खोजेको आरोप लगाए । उनले भने – ‘चाडवाड मनाउन सपरिवार आफ्नो गाउँघर जाँदा कसरी मैले निर्वाचन आचारसंहिता विपरित काम गरे, जिल्लाका विभिन्न धार्मीक र ऐतिहासीक स्थानको अवलोकन गर्दा कसरी मैले निर्वाचन आचारसंहिता विपरित काम गरे, जबकि म राजनीतिक भेला, सभा तथा गोष्ठीहरुमा सहभागी भएकै छैन ।’
उनले जिल्लामा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने निकाय पुर्वाग्रही ढंगबाट लागेको भन्दै असन्तृष्टि समेत ब्यक्त गरे । सपारिवार टिका एबम आशिर्वाद ग्रहण गर्न प्यूठान पुगेका पोखरलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
यस्ता रहेछन पोखरेल प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत बनेर आए यता भएका मुख्य उपलब्धीहरु :
पोखरेलले जिम्मेवारी सम्हाले यता यसअघि शुन्यको संख्यामा रहेको दोस्रो किस्ता बितरण अहिले करिब ९५,००० मा पुगेको छ । करिव १ लाख चालिस हजार घर निर्माण हुँदै छन् भने ५४ हजार बढी घर निर्माण सम्पन्न भैसकेका छन् । यसैगरि १ लाख भन्दा बढी लाभग्रहिले दोश्रो किस्ता पाउनको लागि निवेदन दिएका छन् । अवस्य पनि निजि आवास पुनर्निर्माणका लागि चाहिने जनशक्तिको अभाव र महंगा निर्माण सामाग्री र भुकम्प पिडित लाभग्रहिको आर्थिक समस्याले गर्दा घर निर्माण कार्य सुरु नगरेको अवस्थामा अति प्रभावित १४ जिल्लाबाट ५ लाख ६७ हजार ६ सय ५८ लाभग्राहिले अनुदान सम्झौता गरी पहिलो किस्ता लिएकोमा यो संख्यालाइ उत्साहपरद मान्न सकिन्छ ।
कामलाई छिटो र प्रभावकारी बनाउन जनशक्ति थप्ने, भुकम्पपिडितलाई सेवा सुविधा बढाउने र उक्त सुविधा प्राप्त गर्ने कार्यविधिलाई सहजता दिने जस्ता प्राधिकरणको उपरोक्त कदमहरुले भूकम्पपिडितहरुको भुकम्प प्रतिरोधी नयाँ घरमा सर्ने सपना छिटै पुरा हुने, साथसाथै देशले छिटो भन्दा छिटो देश पुनर्निर्माणको सपना पुरा गर्ने आशा गर्न सकिन्छ ।
भर्खरै मन्त्रिपरिषदको निर्णयबाट भुकम्पपीडितले आफुले बनाउदै गरेको घर धितो राखेर ३ लाख निर्व्याजी ऋण पाउने भएका छन् । यसैगरी, प्राबिधिक जनशक्तिको अभावले थलिएको प्राधिकरणमा अहिले नयाँ प्राविधिक नियुक्ति करिव करिव अन्तिम चरणमा छ ।
को स्वीकृति पश्चात् भवन संहितामा नपर्ने घरहरुको निमित्त पनि विशेष सुबिधा मिलेको छ । अतः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको कामलाई गति दिनु केहि समय अघि लाभग्राहीले घर निर्माण गरेर किस्ता लिने समय सिमा तोकेको छ । जसले गर्दा लाभग्राहिले घर निर्माण कार्यलाई तीव्रता दिने अपेक्षा गर्न सकिन्छ ।
यसैगरी, एकीकृत बस्ती बिकाशका लागि मापदण्ड आए पश्चात् एकीकृत वस्ती बिकासमा सहज भएको छ । जोखिमयुक्त वस्ती स्थानान्तरणमा विशेष सफलता हात परिरहेको छ । पुरतात्विक सम्पदा हरुको पुनर्निर्माणले गति लिएको छ ।
ऎतिहसिक धरोहरहरुको सवलिकरण हुने र पुरातात्विक महत्व नस्ट नहुने गरी काम हुँदै छ, सबै गुनसाहरु सम्बोधन भैसकेका छन भने चभकगचखभथ र खभचषष्अबतष्यल कगचखभथ हुँदैछ जस्ले गर्दा छुट लाभग्राहीले राहत पाउने भएका छन् । १४ जिल्लाको पुनर्निर्माण ३१ जिल्लामा पुगेको छ ।
सबैको चासोको विषय रहेको निजि आवाश पुनर्निर्माण सम्बन्धमा, अनुदान वितरणलाइ सहज तुल्याउन पुनर्निर्माण प्राधिकरणले अनुदानको रकम जिल्लाबाटै भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । स्मरण रहोस्, पुनर्निर्माण प्राधिकरणले घर निर्माण गर्ने लाभग्राहीलाइ मात्र ३ किस्तामा रकम वितरण गर्दछ । सुरुको किस्ताको लागि लाभग्राही सुचिमा नाम भएका र अनुदान सम्झौता गरेका पिडितको खातामानै ५० हजार रकम जम्मा हुने व्यवस्था रहेकोमा, दोस्रो किस्ता वापत घरको जग हालेपछि लाभग्राहिले एक लाख ५० हजार पाउने व्यवस्था छ र तेस्रो किस्ता वापतको एक लाख रकम घरको छानो राख्ने समयमा पाइने व्यवस्था छ ।
आफु प्रमुख कार्यकारी अधिकृत बनेर आएयता भुकम्पपिडितको छिटो र दिर्घकालिन रुपले समस्या समाधान होस् भन्ने हेतुले उनीहरुलाई नयाँ नयाँ सुविधा थप्ने र उक्त सुविधा सहज तरिकाले प्राप्त गरुन भन्ने उद्देश्यले प्राधिकरणले यस अघि रहेका लामो र झन्झटिलो कार्यविधिलाई सजिलो बनाउदै लगेको पोखरेलले बताए । कामलाई छिटो र प्रभावकारी बनाउन जनशक्ति थप्ने, भुकम्पपिडितलाई सेवा सुविधा बढाउने र उक्त सुविधा प्राप्त गर्ने कार्यविधिलाई सहजता दिने जस्ता प्राधिकरणको उपरोक्त कदमहरुले भूकम्पपिडितहरुको भुकम्प प्रतिरोधी नयाँ घरमा सर्ने सपना छिटै पुरा हुने, साथसाथै देशले छिटो भन्दा छिटो देश पुनर्निर्माणको सपना पुरा गर्ने आशा गर्न सकिन्छ ।