फोरम नेपालका अध्यक्ष यादव मोरङबाट प्रतिनिधिसभा सदस्यका लागि उठ्ने ।

0
208

२५ असोज, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं.५ बाट सिफारिस भएका छन् । उक्त क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी दिए ।