असोज २६ काठमाण्डौं । शनिबार बिहानै यिनलाई चटारो हुन्छ । एका बिहानै उनलाई फोन आउँछ । फोन गर्ने पात्र हुन ब्याबसायी तारा बहादुर कुँवर । उनि हेवि इक्वपमेन्ट महासँघका अध्यक्ष पनि हुन । फोन उठ्ने बित्तिकै तारा दाईको गुड मर्निङ नमस्कार हजुर भन्ने आवाज आइहाल्छ । फोन नराख्दै सिंखडा पुग्छन् चक्रपथ तिर । यि दुई बिचको कुराकानी कम रमाइलो हुँदैन ।
तारा बहादुर सामान्य परिवारका मेहनती ब्यक्ति भएकाले उनि भन्ने गर्छन छोराले झार खान्छ हार खाँदैनन् । जव यि दुइ भेटिन्छन् तब कुँवर सुरु गर्छन छिमेकीको घर तिर माइक फर्काउँदै आउनुहोस् आफ्नो टोलको सफाइका लागि मन सफा भएकाहरु भन्दै सकारात्मक ब्यंग्य गरिहाल्छन् । यि दुई आफुसँग भएको साधनमा सावेल र कुचो हालेर सफाई अभियानको केन्द्रमा पुगिहाल्छन् । सुरुमा त यिनीहरुलाई धेरैले साथ दिएनन् तर जव अभियान आठौ हप्तामा पुग्यो तब जनमनको समर्थन बढेको देख्दा दुबै दंग परे ।
तारा बहादुरलाई कम रमाइलो गर्नु पर्ने रहेनछ सफाई अभियान सुरु होस् या अन्त्य उनि नाचिहाल्छन् । उनी बारम्बार रमाइलो गर्दै काम गर्नु पर्छ भन्छन् । हुन पनि हिजोको एउटा रिक्सा चालक आजको महासंघको अध्यक्ष भएको ब्यक्ति । यसो हेर्दा लाग्छ रिक्सा चलाउँदा गरेको रमाईलो उनले आज पनि भुलेका रहेनछन् । कलाकार सिंखडालाई उनले दिल खोलेरै सोध्ने गर्छन् हामी कहाँ पुग्यौ हामीमा केही कमी कमजोरी छ की ? सिंखडा पनि के कम भनि हाल्छन् सावेल बोकेर सफा गर्न आउनेको के कमजोरी बरु यसलाई अरुले कम्जोरी ठानेका छन् भने भोलीका दिनमा सबै हुने खानेहरु सडकमा सावेल बोकेर आउनु पर्ने दिन कुर्न धेरै दिन बाँकी छैन् ।
यि दुईको जोडी कसरी मिल्यो त ? कलाकार सिंखडा बाफल चक्रपथमा बसेको १८ बर्ष भएछ । त्यतिखेर तारा बहादुर कुँवर टेम्पोबाट मिनी ट्रक मात्रै किन्न सक्ने अवस्थामा पुगेका रहेछन् । तारा बहादुरले कलाकार सिंखडालाई टि भिमा हेर्दा रहेछन् । सिंखडा नेपाल टेलिभिजनमा दिनको १ घण्टा कार्यक्रम चलाउँथे । जुन बेला टिभीमा एक घण्टा बोल्ने मानिसलाई समाजले गन्नेमान्ने मान्छेको रुपमा मान्ने गर्दथ्यो ।
तारा बहादुरलाई पर्दो रहेछ यो मान्छे त ठूलै मान्छे हो की क्या हो ? कुँवरलाई यो कुरा आउनु स्वभाविक हो उनि रिक्सा चालकबाट आएका मान्छे । यसै क्रममा पनि ताराबहादुर र कलकार सिंखडा बिच भलाकुसारी हुँदेन थ्यो । संयोग एभ्रेष्ट होटलको हलमा निर्माण ब्यबसायी महासंघले उति बेला नै हेभि इक्वइपमेन्ट ब्यबसायी महासंघको अध्यक्ष भैसकेका ताराबहादुर कुँवर र कलाकार सिंखडालाई ताम्रपत्र र नगदले सम्मान गरेको समयबाट सुरु भएको सम्बन्ध झाँङगिदै गएको छ । सोही बेला तारा बहादुरलाई लाग्यो हाम्रो टोलमा सम्मानित कलाकार बस्दा रहेछन् । तारा बहादुर दिलदार मानिस त्यसको केहि दिनमै उनले सिंखडालाई निम्तो दिइ हाले तपाईलाइ परराष्ट्र मन्त्री मार्फत होटल गोदावरीमा सम्मान गरिंदै छ ।
यसरी यि दुई पात्र भावनात्मक रुपमा जोडिंदै आए, यि दुई एक अर्काका प्रतिष्पर्धाी होइनन् । कलाकार सिंखडा तारा बहादुरलाई भन्ने गर्छन् हामी प्रतिस्पर्धी नभएकैले हाम्रो सम्बन्ध निरन्तर हुन्छ । एक् रिक्सा चालकबाट सफल ब्यबसायी बनेका तारा बहादुर कुँवर र हुने खाने परिवारमा जन्मीएर सामान्य जिवन शैली अपनाउने यि कलाकारको सम्बन्ध निरन्तर रोमान्चक बनिरहोस् । दुई नै चक्रपथ सफाई अभियानका संरक्षक र संयोजकको भुमिकामा रहेर जिम्मेवारी बहन गरिरहेका छन् । साथ छ यिनलाई अभियन्ताहरुको ।