दार्जीलिङमा फेरी हिंसा , एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु ।

0
300

२७ असोज, झापा । अनिश्चितकालिन दार्जीलिङ बन्द खुलेको १६ औं दिनपछि फेरि हिंसा भड्किएको छ ।आज बिहान तकभर क्षेत्रमा सुरक्षाकर्मी र गोजमुमोका अध्यक्ष विमल गुरुङ पक्षका आन्दोलनकारीबीच झडप हुँदा एक जना सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुुन् । झडपमा अन्य थुप्रै घाइते भएको समेत उल्लेख गरिएको छ । मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक अभिताभ मल्लिक रहेका छन् भने मृत्यु हुने अर्का व्यक्ति मोर्चाका कार्यकर्ता भएको बताइएको छ ।

ती मृतकको सनाखत हुन सकेको छैन । त्यस क्षेत्रमा मार्चाका कार्यकर्ताले हतियार र बम लुकाएको सूचना आएपछि छापा मार्दा झडप भएको प्रहरीले दाबी गरेको इन्डिया टुडेको अनलाइन संस्करणमा उल्लेख छ ।